पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

NAWALPUR TIMES

पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि
Team of Portugal celebrates after winning the Nations League final soccer match between Portugal and Spain at the Allianz Arena in Munich, Germany, Monday, June 9, 2025. (AP Photo/Matthias Schrader)

कावासोती । रुबेन नेभेसले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि पोर्चुगलले आइतबार स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि जितेको छ । म्युनिकमा भएको फाइनल २–२ को बराबरी टुंगेपछि टाइब्रेकरमा गएको थियो र त्यसमा पोर्चुगल ५–३ ले विजयी रह्यो ।

पोर्चुगलले नेसनस लिगको उपाधि जितेको यो दोस्रो पल्ट हो । निर्धारित समयको प्रतिस्पर्धामा पोर्चुगल दुई पल्ट पछाडि परेर पनि खेलमा फर्केको हो । स्पेनले मार्टिन जुबिमेन्डीको गोलले सुरुमा अग्रता लिएको थियो । लगतै नुनो मेन्डिसले पोर्चुगलका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको ठीक अगाडि मिकेल आयारजबलले गोल गरे र स्पेन फेरि अगाडि रह्यो । तर क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । निर्धारित खेल सकिन अगाडि नै चोटका कारण रोनाल्डो मैदान छाड्न भने बाध्य रहे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology