स्ववियु निर्वाचनको प्रक्रिया सुरु गर्न दलहरुको माग, यथास्थितिमा निर्वाचन सम्भव छैन : पब्लिक क्याम्पस संघ

NAWALPUR TIMES

स्ववियु निर्वाचनको प्रक्रिया सुरु गर्न दलहरुको माग, यथास्थितिमा निर्वाचन सम्भव छैन : पब्लिक क्याम्पस संघ

कावासोती । नवलपुरमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समयमै गराउन चार राजनीतिक दलले माग गरेका छ्न ।

क्याम्पसका निर्वाचन समितिहरुको कार्यालयमा विद्यार्थी संगठनहरुले ताला लगाएको कारण संघ संगठन दर्ता बाहेको अन्य काम अगाडी बढन नसके पछि पब्लिक क्याम्पस संघ नवलपुरले यथास्थितिमा क्याम्पसहरुमा निर्वाचन हुन नसक्ने भन्दै पत्रकार सम्मेलननै गरेर निर्वाचन स्थगित भएको जनाएको थियो । पब्लिक क्याम्पस संघले स्ववियु निर्वाचन निर्देशिकाको बुँदा नं. १२ अनुसार निर्वाचन कार्यतालिकाको बुँदा नं. ६ पूर्ण रुपमा प्रभावित भएकाले कानुनी अड्चन सृजना भई यथास्थितिमा निर्वाचन सम्पन्न हुन नसक्ने भन्दै सम्पूर्ण कार्यक्रम स्थगित भएको बताएको थियो ।

यसै बीच नेपाल पब्लिक क्याम्पस संघले यही अवस्थामा तोकिएको समय चैत ५ मा चुनाव गराउन नसक्ने भनी प्रकाशित गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तालाबन्दी गरिएका सबै क्याम्पसहरूको ताला खोल्न र आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर सहमतिका आधारमा चुनाव गर्न आह्वान गरेको कांग्रेस पूर्वी नवलपरासीका उपसभापति बालकृष्ण घिमिरेले बताए ।

नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको जिल्ला स्तरीय बैठक पछि चार दलले जारी गरेको विज्ञप्तिमा स्ववियु चुनाव नहुने अवस्था आउनुले विद्यार्थीहरूको लोकतान्त्रिक हक अधिकार बञ्चित भएको बताईएको छ ।

received 1319184382664243

दलहरुले तालाबन्दी गरिएका सबै क्याम्पसहरूको ताला खोल्न र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी सबै विद्यार्थी संघ, संगठनहरुको सहमतिका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।

नेपाल पब्लिक क्याम्पस संघका जिल्ला अध्यक्ष गुरु सुवेदीले विद्यार्थी संघ संगठनको तालाबन्दीको कारण चुनावी प्रक्रिया सुरु हुन नसकेको बताए । ‘अहिलेसम्म केही क्याम्पसमा संघ संगठन दर्ताबाहेक प्रक्रिया नै सुरु भएको छैन,’ उनले भने,‘चुनाव हुने क्याम्पसमा तालाबन्दी छ । कसरी चुनाव गर्ने । तालाबन्दी खुल्ने र त्रिभुवन विश्व विद्यालयले नयाँ कार्यतालिका निकालेको खण्डमा चुनावी प्रक्रिया अगाडि बढ्ला । अहिलेकै अवस्थामा प्रकृया अगाडि बढ्न सक्दैन ।’

विद्यार्थी संघ, संगठनको विवादका कारण जिल्लामा चुनाव हुने सबै क्याम्पसमा तालाबन्दी छ । समयमा नै चुनाव गराउनुपर्ने माग राख्दै नेविसंघले ४ दिनदेखि रिले अनशन गरिरहेको छ । जिल्लाका १० वटा क्याम्पसमा स्ववियु चुनाव हुने कार्यतालिका थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology