कावासोती । प्रहरीले अबदेखि विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ । प्रहरीले अब विभिन्न कसुरमा अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा फोटो सार्वजनिक नगर्ने भएको हो । प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै आरोपितको फोटो तथा भिडियो सार्वजनिक नगर्न परिपत्र गरेको छ ।
अब प्रहरीले गम्भीर अपराधमा पक्राउ परेका आरोपितको नाम र ठेगानाबाहेक फोटो र भिडियो सार्वजनिक गर्ने छैन । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले महान्यायाधिवक्ता कार्यालयकै निर्देशनअनुसार पहिलो चरणमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न पत्राचार गरिएको जानकारी दिए ।
‘‘हामीले मानव अधिकारको ख्याल गरेर यस्तो निर्णयमा पुगेका हौँ । अनुसन्धानका लागि पक्राउ परेकाहरूको तस्बिर, भिडियो सार्वजनिक हुँदा उनीहरूले सफाइ पाउँदासमेत तस्बिरका कारण लामो समयसम्म असर पर्ने भएकाले यस्तो निर्णय गरेका हौँ,’’ डीआईजी घिमिरेले भने ।
प्रकाशित : २०८२ साउन ९ गते ९:०१
Facebook Comment