पिएम कप गण्डकी छनौटमा नवलपुर उपविजेता

NAWALPUR TIMES

पिएम कप गण्डकी छनौटमा नवलपुर उपविजेता

कावासोती । पिएम कप गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा फाईनलमा नवलपुर उपविजेता भएको छ ।

मंगलबार सम्पन्न फाईनल प्रतियोगितामा कास्कीसँग ४८ रनले पराजित हुँदै नवलपुर उपविजेता भएको हो ।

पहिले ब्याटिङ गरेको कास्कीले दिएको २४१ रनको लक्ष्य पछयाउने क्रममा नवलपुर १९२ रनमा अल आउट भएको हो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको नवलपुरले उपाधि भने जित्न सकेन। नवलपुर टोलीले प्रतियोगिताभर देखाएको प्रदर्शन, अनुशासन र टिम स्पिरिट भने प्रशंसनीय रह्यो। कठिन प्रतिस्पर्धाबीच फाइनलसम्म पुग्नु नै टोलीको समर्पण र मिहिनेतको प्रमाणका रूपमा लिइएको छ।

टोलीका प्रशिक्षक पवन भुर्तेल ले प्रतिक्रिया दिँदै भन्नुभयो, “यो नतिजा हाम्रो लागि सिकाइ हो। खेलाडीहरूले देखाएको मेहनत र समर्पणमा म गर्व गर्छु। हामी आगामी दिनमा अझ बलियो भएर फर्किनेछौं।”

नवलपुर टोलीले आगामी प्रतियोगिताहरूमा अझ सशक्त प्रदर्शन गर्ने लक्ष्यका साथ तयारी अघि बढाउने जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology