देवचुली कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका फिलिप भट्टराई सर्वसम्मत

NAWALPUR TIMES

देवचुली कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका फिलिप भट्टराई सर्वसम्मत

कावासोती । देवचुली कलेज, रजहरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवार फिलिप भट्टराई सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

निर्वाचनबाट विभिन्न विद्यार्थी संगठनका उम्मेदवारहरू चयन भएका छन्। उपसभापतिमा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) की व्रिन्दा पौडेल, सचिवमा अखिल (क्रान्तिकारी) की अन्जली भट्टराई, सहसचिवमा अनेरास्ववियूका निर्मल दराई तथा कोषाध्यक्षमा गौरब श्रेष्ठ निर्वाचित भएका छन्।

यसैगरी, सदस्य पदमा अखिल (क्रान्तिकारी) बाट अनिशा सुनार, समिक्षा बोटे, खुम बहादुर मल्ल र प्रिया लामिछाने निर्वाचित भएका छन्। त्यस्तै, अनेरास्ववियूका विजय सिग्देल, ने.वि.संघकी सजिता सुवेदी पनि सदस्य पदमा विजयी भएका छन्।

नव-निर्वाचित सभापति भट्टराईले विद्यार्थीको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology