बोटे समुदायका युवालाई आर्थिक सशक्तिकरण र सचेतना अभिवृद्धि सम्बन्धि अभिमुखीकरण

NAWALPUR TIMES

बोटे समुदायका युवालाई आर्थिक सशक्तिकरण र सचेतना अभिवृद्धि सम्बन्धि अभिमुखीकरण

गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास कार्यालय, नवलपरासी (ब.सु.पूर्व)को आयोजनामा बोटे समुदायको आर्थिक सशक्तिकरण तथा सचेतना अभिवृद्धि सम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कावासोती नगरपालिका–१५ स्थित बाघखोरको अमलटारी सामुदायिक होमस्टेमा बिहीबार सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय, नवलपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा कावासोती–१५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

प्रमुख अतिथि श्रेष्ठले बोटे समुदायको जिविका, पर्यटन, र सीपसँग जोडिएको पहल आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो, “युवाहरूलाई आत्मनिर्भर बनाउने गरी यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्छ। हामी स्थानीय सरकारको तर्फबाट समेत सक्दो सहयोग गर्छौं।”

कार्यक्रम अध्यक्ष पौडेलले बोटे समुदायको पहिचान, सीप, र जीवनशैलीसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सिर्जनात्मक सोचसहित समुदायमा पुगेर कार्यक्रम गर्दा त्यसको प्रभावकारीता बढी हुन्छ। समुदायमै क्षमता छ, त्यसलाई निखार्ने खालका कार्यक्रमहरू आवश्यक छन्।”

IMG 20250704 WA0002

कार्यक्रममा बोटे समाज नवलपुरका अध्यक्ष राजेन्द्र बोटे, पूर्व वडा सदस्य मिठुमाया बोटे, र वर्तमान वडा सदस्य सन्तबहादुर बोटेले वक्ताका रूपमा समुदायको अवस्था, अवसर र सशक्तिकरणका उपायबारे धारणा राख्नुभयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology