पैँसठ्ठी मोडमा गाडी फस्दा दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन २३ गते ८:१०
पैँसठ्ठी मोडमा गाडी फस्दा दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने पैँसठ्ठी मोडमा मालवाहक सवारी फसेपछि दुम्किबास-बर्दघाट सडक खण्ड एकतर्फी मात्र सञ्चालन भएको छ । शुक्रबार बिहान विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर-२ पैंसठ्ठी मोडनजिकै वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा भारतीय नम्बरका दुई वटा गाडी फसेका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरू सञ्चालन हुन नसके पनि बर्दघाटबाट दुम्किबासतर्फ आउने सवारी भने चलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए ।

एकतर्फी सवारी चले पनि सवारीको लामो जाम लागेको छ । सामान्य वर्षामा पनि सडक चिप्लो भएर यातायात प्रभावित हुँदा यो खण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको छ ।

प्रकाशित : २०८२ साउन २३ गते ८:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI