कावासोती मा तीनवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

NAWALPUR TIMES

कावासोती मा तीनवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
Accident Logo 20190915150252

कावासोती । तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।

गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ । उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए ।

दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उनका छोरा ४ वर्षिय जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती-११ का घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology