दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, ५ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २० गते १०:१३
दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, ५ जना घाइते

कावासोती । नवलपुरको देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छ्न ।

देवचुली-२ दुम्कौली चोकमा पूर्व-पश्चिम राजमार्गमा बुटबलबाट नारायणघाट तर्फ बिरामी लिइ जादै गरेको ना ४ च ४६१६ नं.को एम्बुलेन्स र रजहर चोकबाट दुम्कौली तर्फ आउदै गरेको दिब्य एकेडेमी को स्कुल भ्यान एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

दिव्य एकेडमीको स्कुल भ्यान चालक देवचुली-१ का कुलप्रसाद सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते सुवेदीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्समा सवार बुटवल गोलपार्क बस्ने लक्ष्मी राई, ईसु राई, स्नेहा परियार रहेका छ्न । घाईतेहरुलाई उपचारको लागि भरतपुर पठाईएको छ । त्यसै गरि स्कुल भ्यानमा सवार विद्यार्थीहरु केउरेनीको भविष्य पोलिक्लिनिकमा उपचार गरेर देवचुली-१७ कि आयुसा गौतम र देवचुली-४ कि सोखनिया रोक्का उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ जेठ २० गते १०:१३

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI