प्रगतिनगरमा भारतीय कारको ठक्करबाट एकजना घाइते

NAWALPUR TIMES

प्रगतिनगरमा भारतीय कारको ठक्करबाट एकजना घाइते

कावासोती । नवलपुरको देवचुली नगरपालिका–१५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एकजना वृद्ध घाइते भएका छन्।

दुर्घटना आज अन्दाजी दिउँसो २ बजे प्रगतिनगरस्थित राजमार्गमा भएको हो। प्रगति टोलबाट प्रगतिनगर चोकतर्फ जाँदै गरेको लु ६२ प ८६१२ नम्बरको मोटरसाइकललाई दलदलेबाट कावासोतीतर्फ जाँदै गरेको UP ९३ AF २०२१ नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

दुर्घटनामा देवचुली नगरपालिका–१३ निवासी ६८ वर्षीय चुडामणि पौडेल घाइते भएका छन्। उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर–चितवन पठाइएको छ। चिकित्सक अनुसार उहाँको अवस्था मध्यम रहेको छ।

घटना बारे थप अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology