लोकाहामा भएको सवारी दुर्घटनामा एक जना घाईते

NAWALPUR TIMES

लोकाहामा भएको सवारी दुर्घटनामा एक जना घाईते

कावासोती । नवलपुरको कावासोती-११ लोकाहामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाईते भएका छ्न ।

पूर्व पश्‍चिम राजमार्गमा नारायणघाटबाट बुटवल तर्फ आउदै गरेको प्र.नं.२-००१ ख ५९९८ नं.को लहरी ट्रक र विपरित दिशाबाट तर्फ जादै गरेको ना ८ ख २०६१ नं.को ट्रक एक आपसमा ठक्कर खादाँ भएको दुर्घटनामा एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

लहरी र ट्रक एक आपसमा जुध्दा ट्रक चालक
मकवानपुर मनोहरी नगरपालिका-२ का संगम पिठाकोटी मगर च्यापिएका प्रहरीले जनाएको छ ।

नवलपुर प्रहरीका अनुसार दुईवटा ट्रकको बिचमा च्यापिएका मगरलाई उद्दार गरेर उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याएईएको छ । दुईवटा सवारीको बिचमा च्यापिएका मगरको कम्मर मुनिको भागमा गहिरो चोट लागेको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology