नवलपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ १८ गते ७:०४
नवलपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

कावासोती । नवलपुरमा मंगलबार राति भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको देवचुली-१५ लोकाहामा मंगलबार राती भएको दुर्घटनामा परेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ बस्ने माधव पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार नारायणगढ बाट बुटवल तर्फ जाँदै गरेको ना २ क ११९ नं. को कन्टेनर र बुटवल बाट नारायणगढ तर्फ आउदै गरेको प्र.२-०३००१ ख ४०५६ नं. को ट्रक एक आपसमा ठक्कर खांदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाईते भएका ना २क ११९ नं को कन्टेनरका चालक पंगेनीको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसै गरि दुर्घटनामा परेर ना२क ११९ मा सह चालक चितवन राप्ती नगरपालिका-७ का रामबहादुर सार्की र प्र.२-०३००१ ख ४०५६ को चालक बिच बहादुर थिङ घाईते भएका छ्न । उनिहरुको एलाईभ हस्पिटल भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ भदौ १८ गते ७:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI