नारायणी नदि पुलमा दुर्घटना : एक जनाको मृत्यु

NAWALPUR TIMES

नारायणी नदि पुलमा दुर्घटना : एक जनाको मृत्यु

कावासोती । नवलपुरको गैँडाकोटमा रहेको नारायणी नदि पुलमा आईतबार दिउसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आईतबार साँझ ५:४० को समयमा भएको दुर्घटनामा गैंडाको-४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको हो ।

नारायणी पुलमा गैंडाकोट बाट नारायणगढ तर्फ जादै गरेको ना१क ५१९९ नं.को अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जादै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरट्रयाक गर्ने क्रम ठक्कर दिएको थियो ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिदां घाईते भएका मोटरसाइकल चालक दाहालको नयाँ मेडिकल कलेज चितवन पुर्‍याउन साथ चिकित्सकले मृतक घोषणा गरेका नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति प्रतीक घिमिरे सामान्य घाइते रहेका छ्न । नवलपुर प्रहरीका अनुसार ट्रक चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology