जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीवाट दुम्कौली स्थित चौधरी उद्योगग्राम जाँदै गरेका ३२ वर्षका चुनबहादुर सुनारीको बौलाह खोला पुलबाट खसेर शनिबार राति मृत्यु भएको हो ।
उनी घरबाट मोटरसाइकलमा चौधरी उद्योगमा काम गर्न जाँदै थिए । देवचुली नगरपालिका वडा नम्बर १३ स्थित बौलाह खोलाको रेलिंगमा मोटरसाइकल अनियन्त्रित भै आफै पल्टिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल ठोक्किँदा उनी खोलामा खसेका थिए ।
Facebook Comment