गैडाकोटमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

NAWALPUR TIMES

गैडाकोटमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका–७ स्थित जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज राति करिब १२ः१० बजे गैडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना ६३ प ९३९० नम्बरको मोटरसाइकल डिभाइडरमा ठक्कर खाई पल्टिएको थियो। सोही क्रममा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४६१ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक देवचुली नगरपालिका–११ निवासी १८ वर्षीय बिजेन पुलामी गम्भीर घाइते भएका थिए। उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएका पुलामीलाई राति १२ः२१ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ निवासी १७ वर्षीय राज बि.क.को दुबै हातखुट्टामा चोट लागी उपचाररत रहेका छन्।

दुर्घटनामा संलग्न दुबै सवारी साधन र बस चालक सुनवल नगरपालिका–६ निवासी ३५ वर्षीय अजय कुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology