कावासोती । नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगरमा ३० वर्षीय युवाले कानमा टोक्दा एक जना घाइते भएको घटना सार्वजनिक भएको छ।
शनिबार दिउँसो झारफुक गर्न आएका छिमेकी ३० वर्षीय आईतेबहादुर तमाङले ६३ वर्षीय ठगप्रसाद लम्सालको कान टोकेका हुन्। एक्कासी तामाङले कानमा टोक्दा लम्सालको कानको केही भाग छुट्टिएको छ। घाइते भएका लम्साललाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी प्रगतिनगरबाट टोली खटिएको थियो। प्रहरीले आरोपी तमाङलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित : २०८१ चैत २९ गते २०:२८
Facebook Comment