मदारबाबा मेलामा आएका भारतिय नागरिकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १२ गते १०:४८
मदारबाबा मेलामा आएका भारतिय नागरिकको मृत्यु
1442752137madaar baba nawalparasi.jpg.

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मदार बाबा मेला दर्शन गएका आएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

त्रिवेणीको महलबारी नजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेश स्थित महाराजगंजको गोरखपुर वस्ने वर्ष ५५ का जगदिश यादव लडी बेहोसी अवस्थामा फेला परेको र उपचारको लागी पृथ्विचन्द्र अस्पताल परासी लगिएकोमा गएराति साढे ९ बजेतिर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ फागुन १२ गते १०:४८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI