पर्खाल भत्किएर च्यापिँदा देवचुलीमा एक जना मजदुरको मृत्यु, ३ जना घाईते

NAWALPUR TIMES

पर्खाल भत्किएर च्यापिँदा देवचुलीमा एक जना मजदुरको मृत्यु, ३ जना घाईते

कावासोती । देवचुली ६ मुण्डेमा पर्खाल भत्किएर च्यापिँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन्।

धारा डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्माण गर्दै गरेको निर्माणाधीन खानेपानीको ट्याङ्की ढलान गर्ने क्रममा पर्खाल भत्किँदा च्यापिएका मध्यबिन्दु १४ का २४ वर्षीय नवीन सिँजालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्।

धारा डि खानेपानीको फिल्टर प्लान्टको लागी निर्माणाधीन ट्याङ्की ढलान गर्ने क्रममा ढुङ्गाले बनाइएको पर्खाल अचानक भत्किँदा उक्त घटना घटेको हो।

प्रहरीका अनुसार घटनामा घाइते भएका मध्यबिन्दु –१३ का २४ वर्षीय ज्ञानेन्द्र वयम्बु र ५० वर्षीय कृष्णबहादुर वयम्बुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइ रहेको र मध्यबिन्दु –१४ का २८ वर्षीय कुमार परियारलाई  भरतपुर रिफर गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology