नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

NAWALPUR TIMES

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

कावासोती । नवलपुरमा ट्याक्टर दु्र्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बिनयी त्रिवेणी गाउँपालिका-३ का २५ वर्षिय श्याम आले मगर रहेको नवलपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षिय सोबित कुमाल र दल बहादुर कुमाल घाईते भएका छन्। उहाँरुको पनि भरतपुरमै उपचार भईरहेको नेपालले जानकारी दिनु भयो ।

विनयी त्रिवेणी-३ उदय टाँडी स्थित भित्री सडक खण्डमा चिसापानीबाट उदय टाँडीतर्फ जाँदै गरेको लु ४ त ३६४२ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर सडकबाट अन्दाजी २० मीटर तल खस्सेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology