कावासोती । नवलपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्र्तगत मध्यबिन्दु नगरपालिका–८ गडारखोलामा बुटवल जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल बोकेको ट्यांकरले लु ५५ प २९४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा स्कुटर चालक मध्यबिन्दु नगरपालिका–१३ मैनाघाटका अन्दाजी ४२ वर्षका वीरबहादुर सिञ्जालीको मृत्यु भएको हो ।
गम्भीर घाइते सिञ्जालीको उपचारका क्रमम मध्यबिन्दु प्रादेशक अस्पतालमा मृत्यु भएको हो । स्कुटरको पछाडि सवार मध्यबिन्दु–७ अम्रसाका २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु–९ बसन्तपुर बस्ने ३१ वर्षीय समीर जंग कुमाल घाइते छन् ।
उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकर चालक सल्यानका खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित : २०८२ कार्तिक ३ गते १०:१०
Facebook Comment