होली(फगुवा) पर्वको अवसरमा कावासोतीमा डाँफु प्रतियोगिता
NAWALPUR TIMES प्रकाशित : २०८१ फागुन २७ गते २०:३०
कावासोती । रङ्गहरुको पर्व फागुको उपलक्ष्यमा कावासोतीमा नगरस्तरिय डाँफु बजाउने प्रतियोगिता सम्पन्न भएको छ ।कावासोती । रङ्गहरुको पर्व फागुको उपलक्ष्यमा कावासोतीमा नगरस्तरिय डाँफु बजाउने प्रतियोगिता सम्पन्न भएको छ ।
नवलपुर पर्यटन समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको उदघाटन सोमबार कावासोती का नगरप्रमुख विष्णुप्रसाद भुसालले गरेका थिए ।
८ टिमले भाग लिएका प्रतियोगितामा दोस्रो संस्करणमा प्रथम गोडार झरझडिया समुह, द्वितीय ड्रपूहर सांस्कृतिक संरक्षण समूह थारु डण्डा, तृतीय गोडार गाउँ समूह भएका आयोजकले जनाएको छ । प्रथम हुने समूहले १० हजार नगद र प्रमाणपत्र, द्वितीय हुने समुहले ८ हजार नगद र प्रमाणपत्र र तृतीय हुने समुहले ६ हजार नगद र र प्रमाणपत्र प्राप्त गरेका छ्न भने सहभागी समुहलाई प्रति समूह१५०० प्रदान गरिएको थियो । प्रतियोगितामा मुसहर समुहको खुर्का नाँच समेत देखाईएको थियो ।
थारु समुदायमा होलि पर्वमा डम्फु (डाँफु) बजाएर नाच्ने गरिन्छ । त्यही संस्कृतिलाई निरन्तरता दिदै नयाँ पुस्तामा पुस्तान्तरणका लागि अघिल्लो वर्ष देखि प्रतियोगिताको आयोजना गर्न सुरु गरिएको हो ।
Facebook Comment