मगर दिवसको दिन मगर भेषभूषामा आउने दर्शकलाई नवलपुर महोत्सवमा प्रवेश नि:शुल्क

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १२ गते १७:०६
मगर दिवसको दिन मगर भेषभूषामा आउने दर्शकलाई नवलपुर महोत्सवमा प्रवेश नि:शुल्क

कावासोती। नवलपुरको कावासोती-१६ मा जारी आठौ नवलपुर महोत्सवमा फागुन १५ गते परेको मगर दिवसको अवसरमा मगर भेषभूषामा आउने मगर समुदायहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको नवलपुर उद्योग वाणिज्य संघ सचिवालयले जनाएको छ ।

फागुन १५ गते परेको ४३ औ मगर दिवसको अवसरमा आठौ नवलपुर महोत्सवमा मगर समुदायको एकता दिवसमा मगर समुदायको भेषभषामा महोत्सव अवलोकन गर्न आउनेहरुलाई निःशुल्क प्रवेश दिन लागिएको नवलपुर उद्योग वाणिज्य संघका वैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार उद्योग वाणिज्य संघले महोत्सव मार्फत विभिन्न जातजातिको भाषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने भएकोले फागुन १५ गते मगर एकता दिवसको अवसरमा मगर भेषभुसामा सजिएर महोत्सव अवलोकन गर्न आउने दर्शक मानुभावहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको हो ।

प्रकाशित : २०८१ फागुन १२ गते १७:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI