पश्चिम नवलपरासीका तीन वटै क्याम्पसमा नेविसंघ विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८१ चैत ५ गते ११:१७
पश्चिम नवलपरासीका तीन वटै क्याम्पसमा नेविसंघ विजयी

कावासोती । पश्चिम नवलपरासीमा स्ववियु निर्वाचन भएको तीन वटा क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।

त्रिभुवन क्याम्पस प्रतापपुरमा नेपाल विद्यार्थी संघका आदित्य गडेरी पाल अध्यक्षमा निर्वाचित भए। एक जना सदस्यबाहेक अन्य सबै नेविसंघका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले बताए ।

सदरमुकाम परासीमा रहेको जिल्लाको सबैभन्दा पुरानो पाल्ही बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका निरज धवलको प्यानल विजयी भएको छ। ३ सय २७ मत खसेकोमा धवलले १ सय १५ मत प्राप्त गरेका थिए।

यसै गरेर दिब्यज्योती बहुमुखी क्यामपस बर्दघाटमा शशी विकको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : २०८१ चैत ५ गते ११:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI