एसपिएममा नेविसंघको प्यानल निर्विरोध, अनेरास्ववियुको फेरि तालाबन्दी
NAWALPUR TIMES प्रकाशित : २०८१ चैत ३ गते १७:०२
कावसोती । गैँडाकोटमा रहेको सूर्यभक्त-पतनादेवी मेमोरियल कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ ।
क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक शिवजी अधिकारीका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ नेपाल विद्यार्थी संघका मात्रै उम्मेदवारहरुको मनोनयन परेको दर्ता भएको हो ।
नेविसंघको मात्रै उमेदवारी परेकाले क्याम्पसमा नेविसंघको प्यानलनै सर्वसम्मत भएको नेविसंघ जिल्ला अध्यक्ष हरि सुवेदीले बताए ।
यसै बिच एसपियम क्याम्पसमा निर्वाचन समिति एकलौटी गरेको भन्दै एमाले निकट अनेरास्ववियुले फेरि तालाबन्दी गरेको जनाएको छ ।
अनेरास्ववियु जिल्ला अध्यक्ष सौगात भुसालले
सूर्यभक्त पतनादेवी मेमोरियल कलेजमा विज्ञप्ति निकालेर तालाबन्दी गरेको जानकारी दिए ।
अनेरास्ववियुले निकालेको विज्ञप्तिमा विद्यार्थी संगठनलाई छलफलमा नबोलाईकन क्याम्पस प्रशासनले आफु अनुकुल विद्यार्थी संगठन संग मिलेर ताला फोडी कार्यतालिका निकालेको आरोप लगाएको छ ।
अनेरास्ववियुले एकलौटी ढंगले प्रक्रिया अगाडी बढेको प्रति गम्भीर असहमति व्यक्त गर्दै संगठनको उपस्थितिमा प्रक्रिया अगाडी नबढाउदा सम्म तालाबन्दी रहने जनाएको छ ।
Facebook Comment