शुल्क वृद्धिको निर्णय फिर्ता नगरिएको भन्दै नेविसंघद्वारा प्याब्सन नवलपुरको कार्यालयमा तालाबन्दी

NAWALPUR TIMES

शुल्क वृद्धिको निर्णय फिर्ता नगरिएको भन्दै नेविसंघद्वारा प्याब्सन नवलपुरको कार्यालयमा तालाबन्दी

कावासोती । नेपाल विद्यार्थी संघ नवलपुरले बुधबार प्याबसन नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल विद्यार्थी संघले गत वैशाख १६ गते निजि तथा संस्थागत विद्यालयले मनपरी रुपमा गरेको शुल्क वृद्धि फिर्ता हुनु पर्ने, प्रत्येक विद्यालयमा न्युनतम १० प्रतिशत छात्रवृत्ति अनिवार्य वितरण गरिनु पर्ने, विद्यालयबाट ड्रेस पुस्तक आदि बिक्री गर्न बन्द गरिनु पर्ने, शिक्षा क्षेत्रलाई व्यवसायिक नाफाको साधन बनाउन बन्द गरिनु पर्ने लगाएतका मागहरु राखेर ज्ञापनपत्र बुझाएको थिए ।

आफ्ना मागहरु सम्बोधन गर्न तर्फ प्याब्सन गम्भीर नभएको भन्दै नेविसंघले प्याब्सन नवलपुरको कार्यालयमा तालाबन्दी गरेको नेविसंघ जिल्ला सभापति हरि सुवेदीले बताए ।

तालाबन्दी पछि प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना मागहरु तत्काल सम्बोधन नगरिए जिल्लाव्यापी आन्दोलनको घोषणा गर्ने सभापति सुवेदी द्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

Messenger creation E8F31671 56AC 4879 B739 1790B794E3CA

यसै बिच प्याब्सन नवलपुरले नेविसंघले राखेका माग विषयमा आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । नवलपुर टाईम्ससँगको कुराकानीमा प्याबासन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले नेविसंघ नवलपुरले राखेका मागहरुको विषयमा जिल्ला समितिको बैठक बसेर छलफल गरिएको र वार्ताबाट नै समाधान निकालिने बताए । छिट्टैनै नेविसंघलाई वार्तामा बोलाउने प्याब्सनको तयारी रहेको अधिकारीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology