दाउन्नेमा भारतिय कन्टेनरको ठक्करबाट नौ जना घाईते

NAWALPUR TIMES

दाउन्नेमा भारतिय कन्टेनरको ठक्करबाट नौ जना घाईते
Accident sketch1614604753

कावासोती । नवलपुरको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतिय ‘कन्टेनर’ले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा भारतिय कन्टेनरले काठमाण्डौबाट सुर्खेत तर्फ जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख ११९२ नं. को बसलाइ ठक्कर दिएको थियो । बुटबलबाट नारायणगढ तर्फ आइरहेको कर्णाली प्रदेश ००२प ९५७० नं. को मोटरसाईकल, काठमाण्डौबाट रोल्पा तर्फ गइरहेको लु.प्र.०१००१ ख ०८२२ नं. को बस ,भैरहवाबाट काठमाण्डौ तर्फ आउदै गरेको लु २ ख २४७५ नं को बस दुर्घटनामा परेका हुन ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का अमर कार्की, सोही मोटरसाइकल पछाडि बस्ने २५ वर्षीय महेन्द्र महतारा घाईते भएका हुन ।

त्यसैगरी यात्री बाहक एउटा बसमा सवार छ जना घाइते भएकाछ्न । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका– १२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छ्म ।

घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology