कावासोती । नवलपुरको गैडाकोट नगरपालिका-९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलदेखि नारायणगढ तर्फ आउदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी माइक्रोबस चालक रुपन्देही जिल्लाको देवदह नगरपालिका-२ बस्ने बर्ष ४२ को बिनोद सिह ठाकुर, माइक्रो बसको सहचालक २९ बर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका-१६ निवासी २१ बर्षीया अनिता नेपाली, ३६ बर्षीया बिण्णु नेपाली र रुपन्देही बुटवल उपमहानगरपालिका ५ बस्ने २२ बर्षीया बर्षात सुबेदी गम्भीर घाइते भएका छन् । घाइते नयाँ मेडिकल कलेज भरतपुर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रकाशित : २०८२ जेठ ७ गते १७:१३
Facebook Comment