कावासोती । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।
छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ ।
नेपालले आइतबार युएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।
नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो ।
टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ ।
नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।
प्रकाशित : २०८२ असोज २९ गते ११:४३
Facebook Comment