कावासोती । युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज तेस्रो दिनका खेलहरू हुँदैछन् ।
आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नामिबियाबीच खेल हुँदैछ । दोस्रो खेलमा नेपालले हङकङसँग खेल्ने छ । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने आइतबार दोस्रो खेलमा युगाण्डालाई एक विकेटले हराएको थियो ।
हङकङ पहिलो खेलमा युगाण्डासँग पराजित हुँदा आइतबार नामिबियालाई हराएको थियो । हालसम्म सबै टोली २ खेलबाट २-२ अंकमा छन् ।
नेपालले यसपछि फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् ।
प्रकाशित : २०८१ फागुन २६ गते ११:२७
Facebook Comment