अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन ११ गते ९:५९
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

कावासोती । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १/१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

म्यानमार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो ।

प्रकाशित : २०८१ फागुन ११ गते ९:५९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI