कावासोती । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज आयोजकसँग प्रतिस्पर्धा गर्दैछ ।
स्कटल्यान्डमा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा बनाउने योजनामा हुनेछ ।
सिरिजमा नेपाल ३ खेल खेल्दै दुई खेलमा जित निकालेर तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकालेमा नेपालले सिरिज जित्नेछ । यता स्कटल्यान्ड ३ खेल खेल्दै एक खेलमा जित निकालेर २ अंक सहित तालिकाको पुछारमा छ ।
सिरिज जित्नका लागि दुबै टोलीलाई आजको खेलमा जित निकाल्न आवश्यक छ । सिरिज अन्तर्गत नेदरल्यान्ड्स ४ खेल खेल्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । सिरिजमा नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेट र तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रकाशित : २०८२ असार ६ गते १२:५७
Facebook Comment