नवलपुरलाई थारु समुदायका लागि विषेश र संरक्षित क्षेत्र बनाउनु पर्छ : प्रचण्ड

NAWALPUR TIMES

नवलपुरलाई थारु समुदायका लागि विषेश र संरक्षित क्षेत्र बनाउनु पर्छ : प्रचण्ड

कावासोती । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछाडि पारिएका समुदायलाई राजनीतिको मुलधारमा ल्याउन संविधान संसोधन गरेर विशेष क्षेत्र र संरक्षीत क्षेत्र बनाउनु पर्ने बताएका छन् ।

थारु समुदायको परम्परागत भोदी खेल उद्घाटन गर्नका लागि नवलपुरको कावासोती–१६ डण्डा आएका प्रचण्डले थारु लगायत अन्य जनजाति र पछाडि पारिएका समुदायका लागि विशेष र संरक्षित क्षेत्र बनाएर उनीहरुलाई राजनीतिको मुलधारमा ल्याउनु पर्ने बताए ।

‘‘गण्डकी प्रदेशको नवलपुरमा मात्र थारु समुदायको सघन बसोबास छ र झण्डै ४५ हजार थारु यहाँ रहेका छन्, तर अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि थारु चुनाव जितेर आउन सक्ने अवस्था छैन, झण्डै असम्भव जस्तै छ,’’ प्रचण्डले भने, ‘‘गैँडाकोटदेखि विनयी त्रिवेणीसम्म नारायणी नदी किनारमा बसोवार बस्ने थारुहरुको क्लसटर पनि मिलेकाले स्वायत्त वा संरसिक्षत क्षेत्र बनाउनुपर्छ ।’’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले डण्डामा रहेको थारु संग्राहलगको झण्डै ७ विघा क्षेत्रफलको भोगाधिकार प्राप्त नभएकाले भोगाधिकार दिलाउन प्रयास गर्ने बताउनुभयो । साथै उहाँले संग्राहलयमा भौतिक संरचना निर्माणका लागि पनि बजेट विनियोजन गर्न सरकारसँग पहल गर्ने आश्वासन पनि दिए ।

उहाँले कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम र कावासोती ८ मा रहेको टरुवा तालको पनि अवलोकन गरेका थिए । नमुना सदरमुकामको अवलोकन गर्दै प्रचण्डले कामको सुरुवात राम्रो भएको भन्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्न सबै पक्षले निर्माण कम्पनीलाई आवश्यक सहयोगका साथसाथै दबाब पनि दिनु पर्ने बताए ।

उनले आफू प्रधानमन्त्री भएकै बेलामा ५० करोड रपैयाँ विनियोजन गरेर नमूना सदरमुकाम बनाउने पहल दिएको कुरा जिल्ला समन्वय समितिका सभापति बाबुराम विश्वकर्माले नै बताइसकेकाले आफू यस विषयमा थप बोल आवश्यक नरहेको भन्दै अझै पहल गरिरहने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology