नवलपुर महोत्सवको टिकटमा मनपरी: भ्यालेन्टाईन डे विशेष भन्दै ५ बजे पछिको टिकटको मुल्यमा तेब्बर वृद्धि

दीपक भट्टराई
प्रकाशित : २०८१ फागुन २ गते १०:३५
नवलपुर महोत्सवको टिकटमा मनपरी: भ्यालेन्टाईन डे विशेष भन्दै ५ बजे पछिको टिकटको मुल्यमा तेब्बर वृद्धि
Messenger creation 8F64C9BB FBE4 41A8 959B 98C8558E4273

कावासोती । उद्योग वाणिज्य संघ नवलपुरको आयोजनामा कावासोती-डण्डामा जारी नवलपुर महोत्सव प्रवेश टिकटको मूल्य अचानक वृद्धि गरिएको भन्दै दर्शकहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

महोत्सव सुरु भएदेखि लगातार विद्यार्थीकाे लागि ६० रूपैया र अन्यकाे लागि  प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको थियो, तर आज भ्यालेन्टाइन डे भन्दै साँझ ५ बजे पछि टिकट दर ३०० रुपैयाँ तोकिएपछि दर्शकहरू अचम्मित भएका छन्। टिकटमा गरिएको मूल्य वृद्धिको निर्णयप्रति असहमति जनाउँदै धेरैले आयोजकमाथि अन्यायपूर्ण ढंगले शुल्क असुली गर्न खाेजेकाे गरेको आरोप लगाएका छन्।

आयोजक पक्षका अनुसार सुविधा सुधार, सुरक्षा व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि खर्च बढेकाले मूल्य समायोजन गरिएको बताएका छन । उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष बैकुण्ठ अर्याल भन्छन्, “महोत्सवमा थप आकर्षक कार्यक्रमहरू समावेश गरिएकाले खर्च बढ्यो, त्यसैले मूल्य समायोजन गर्नु पर्‍यो।” उनले आज महाेत्सबमा ल्याउने कलाकारकाे खर्च बढेका कारण साझ ५ बजे पछि आउने दर्शककाे लागि ३०० सय रूपैया प्रबेश शुल्क ताेकिएकाे र ५ बजे अधि  आउने दर्शककाे लागि पुरानै शुल्क कायम गरिएकाे बताए

तर, धेरै दर्शकहरू यो निर्णयप्रति असन्तुष्ट छन्। महोत्सव सुरु हुनु अघि प्रचार गरिएको मूल्यभन्दा महँगो शुल्क असुल्नु दर्शकहरूप्रति अन्याय भएको उनीहरूको गुनासो छ। कतिपयले दर्शकहरूलाई समेत थप रकम तिर्न बाध्य पारिएको बताएका छन्। एक स्थानियले आक्रोश पोख्दै भने, “पहिले घोषणा गरिएको मूल्यभन्दा अचानक दोब्बर शुल्क लिइनु सरासर ठगी हो। यस्तो मनोमानी बन्द हुनुपर्छ।

उद्योग वाणिज्य संघ नवलपुरका महासचिब सागर पाेख्रेले दिउँसोको समय सामान्य नै रहे पनि विशेष कार्यक्रमअन्तर्गत रात्रिकालीन भ्यालेनटाइन डे स्पेशल कार्यक्रमका लागि अतिरिक्त शुल्क तोकिएको बताए । “विशेष कार्यक्रम थपिएकाले साँझ ५ बजेपछि मात्र यो शुल्क लागू हुनेछ” उनले भने, “पहिले नै टिकट काटिसकेकाहरूलाई पुनः बाहिर निस्कन वा थप शुल्क तिर्नुपर्ने छैन”, उनले भने।

 

मेला व्यवस्थापनको कानुनी प्रक्रिया सम्झौताका आधारमा अघि बढ्ने – प्रजिअ पोखरेल

यसै बिच नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले मेलाको व्यवस्थापन हेर्ने निकाय कावासोती नगरपालिका भएकाले कानुनी प्रक्रिया अघि बढाउन आयोजक र नगरपालिकाबीच भएको सम्झौताका आधारमा निर्णय गरिने बताएका छन्।

उनले मेलासँग सम्बन्धित कुनै पनि कानुनी प्रक्रिया अघि बढाउन सम्झौताका शर्तहरू अध्ययन गर्नु आवश्यक रहेको भन्दै नगरपालिकाको सहमतिबिना एकतर्फी रूपमा कुनै निर्णय नहुने स्पष्ट पारे।

टिकट मूल्य  वृद्धिको निर्णयप्रति दर्शकहरूको असन्तोष सामाजिक सञ्जालमा पनि देखिन थालेको छ। धेरैले टिकट मूल्य पुनः परिमार्जन गर्न माग गरेका छन

प्रकाशित : २०८१ फागुन २ गते १०:३५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI