नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

NAWALPUR TIMES

नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने
8th nawalpur mahotsab 2081

कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले महोत्सवमा संस्थागत रूपमा कुनै पनि सहभागिता नरहेको स्पष्ट गर्दै, आदिवासी जनजाति समुदायको कला, संस्कृति, भाषा र भेषभूषालाई महोत्सवमा वेवास्ता गरिएको आरोप लगाएको छ।

महासंघका अध्यक्ष रामकुमार श्रेष्ठसहित विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा महोत्सव आयोजकहरूले औपचारिकताको लागि मात्र समन्वय गरेको तर आदिवासी जनजाति समुदायको पहिचान झल्काउने तत्वहरूलाई उचित स्थान नदिएको गुनासो गरिएको छ।

महोत्सव आयोजकले आदिवासी जनजाति समुदायको कला, संस्कृति र भेषभूषालाई महोत्सवमा दुरुपयोग गरेको।महासंघसँग अघिल्लो सम्झौताअनुसार व्यवहार नगरिएको
विभिन्न जातीय संघसंस्थाहरूलाई झूटा कुरा गरी महोत्सवमा सहभागी गराउन खोजिएको जस्ता आरापाे लगाएकाे छ

महासंघले महोत्सव आयोजकहरूको एकलौटी निर्णय र व्यवहारप्रति कडा असहमति जनाउँदै, यदि कसैले संस्थागत रूपमा सहभागिता जनाएमा सम्बन्धित जातीय संस्थाबाट अनुशासनात्मक कारबाही गरिने चेतावनीसमेत दिएको छ। साथै, यदि महासंघको आग्रहविपरीत सरकारी तथा गैरसरकारी संघसंस्थाले आदिवासी जनजाति संस्कृति प्रदर्शनका लागि बजेट निकासा गरेमा, त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीत ठहर गर्दै विरोध गरिने स्पष्ट पारेको छ।

महासंघले महोत्सव आयोजक समितिसँग तत्काल यस विषयमा पुनर्विचार गर्न आग्रह गर्दै, आदिवासी जनजाति समुदायको पहिचानलाई सम्मान गर्न आग्रह गरेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology