विशेष महाधिवेशन माग गर्दै नवलपुरमा हस्ताक्षर अभियान तिब्र, दुईतिहाई बढिले हस्ताक्षर गर्ने दाबी

NAWALPUR TIMES

विशेष महाधिवेशन माग गर्दै नवलपुरमा हस्ताक्षर अभियान तिब्र, दुईतिहाई बढिले हस्ताक्षर गर्ने दाबी
nepali congress flag tree

कावासोती । नेपाली कांग्रेसको विशेष  महाधिवेशनको माग गर्दै नवलपुरमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान तिब्र रुपमा अगाडी बढेको छ ।

दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा काँग्रेसका ५० जना महाधिवेशन प्रतिनिधि रहेका छ्न । विशेष महाधिवेशन माग गर्दै नवलपुर क्षेत्र नं १ का ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर काठमाडौ पठाईसकिएको नेपाली काँग्रेस नवलपुर उपसभापति बालकृष्ण घिमिरेले पुष्टि गरे ।

घिमिरेका अनुसार क्षेत्र नं २ पनि हस्ताक्षर अभियान सन्चालन भैरहेको छ । क्षेत्र नं २ मा विशेष महाधिवेशनको पक्षमा ७५ प्रतिशत बढिले हस्ताक्षर गर्ने घिमिरेको दाबी छ ।

नवलपुरमा विशेष महाधिवेशनको पक्षमा जिल्ला उपसभापति बालकृष्ण घिमिरे सहित नेताहरु विष्णुदेवी पाण्डे,शंकर तिवारी,चेतन पौडेल, भविलाल भट्टराई,कर्णेल धनबहादुर मास्कि राना ,बद्री सापकोटा लगाएतकाले हस्ताक्षर अभियानलाई तिब्रता दिएका छ्न ।

यसै बिच नेपाली कांग्रेस नवलपुरले असोज २३ गते बिहिबार महाधिवेशन प्रतिनिधिहरुको भेला बोलाएको छ । जिल्लामा अधिकांश महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा खुले पछि दबाब बढदै जाँदा कांग्रेस नवलपुरले भेलानै बोलाएको हो ।

स्रोतका अनुसार जिल्लामा दबाब बढदै गए पछि जिल्ला सभापति महेन्द्रध्वज जिसिले सोमबार काँँग्रस महामन्त्री गगन थापालाई भेटेका थिए । महामन्त्रीसँगको भेट पछि जिसिले जिल्लामा भेला बोलाएका हुन । सभापति जिसि शेखर कोइराला पक्षका नेता हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology