निकुञ्जको निषेधित क्षेत्रमा पर्यटकलाई योगा गराए पछि नेचर गाईडको लाईसेन्स निलम्बन

NAWALPUR TIMES

निकुञ्जको निषेधित क्षेत्रमा पर्यटकलाई योगा गराए पछि नेचर गाईडको लाईसेन्स निलम्बन

कावसोती । चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रमा पर्यटकलाई योगा गराए पछि निकुञ्जले एक जना नेचर गाईडको लाईसेन्स निलम्बन गरेको छ ।

निकुञ्जको निषेधित क्षेत्रमा पर्यटक लगेर योगाभ्यास गराइरहेको भेटिएपछि नेचर गाईड हरिप्रसाद अधिकारीको लाइसेन्स जफत तथा निलम्बन गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

उनका अनुसार अधिकारीले नियम विपरीत पर्यटकलाई राप्ती बगरमा योगाभ्यास गराइरहेको निकुञ्जको गस्ती टोलीले नै भेट्टाएको थियो । सोही आधारमा एक महिनाको लागि नेचर गाईडको काम गर्न नमिल्ने गरी लाइसेन्स जफत तथा निलम्बन गरिएको निकुञ्जका संरक्षण अधिकृत दिवेश श्रेष्ठले मेघौली घटगाई नेचर गाइड एशोसियसनलाई पत्र काटेर जानकारी गराएको छन् । उक्त एशोसियसनमा आबद्ध गाइडले निकुञ्जको मेघौली क्षेत्रमा पथप्रदर्शकको काम गर्दै आएका छन् ।

यस अघि पनि नेचर गाईड अधिकारीले आचार संहिता पालना नगरी निकुञ्जको कोर क्षेत्रमा पर्यटक लगेर योगाभ्यास गराउने, बियर लगायतमा मादक पदार्थ पर्यटकलाई सेवन गर्न दिने, गैँडा लगायतका जंगली जनावर हेर्दा कायम नगरी पर्यटकलाई जोखिममा पार्ने लगायतको गतिविधि गरेका निकुञ्जमा उजुरी परेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology