कावासोती । भारतिय बाबु र नेपाली आमाबाट जन्मेका एक युवालाई जिल्ला प्रशासन कार्यालय, नवलपुरले नेपाली नागरिकता दिएको छ ।
नवलपुरको देवचुली नागरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संसोधनका आधारमा जिल्लाबाट पहिलो पटक यस्तो प्रकारको नागरिकता दिइएको हो ।
मिसनका बाबु मिथुन भमिक भारतको पश्चिम बंगाल प्रदेशका नागरिक हुन । मिसनलाई दिइएको नेपाली नागरिकतामा उनका बाबुको ठेगाना भारत पश्चिम बंगाल रहेको उल्लेख गरिएको छ । उनकी आमा संगिता नेपाली गौतम हुन् । मिसनलाई अंगिकृत नागरिकता प्रदान गरिएको हो ।
बाबु बिदेशी रहेको प्रमाणका आधारमा पनि नागरिकता दिन सकिने पछिल्लो नागरिकता नियमावलीमा रहेको व्यवस्था अनुसार उनलाई नागरिकता दिइएको अर्यालले बताए । आमा नेपाली रहेको र बाबुको अत्तोपत्तो नभएको व्यक्तिले समेत संसोधित नयाँ नियमावली अनुसार नागरिकता पाउने व्यव्स्था नियमावलीमा रहेको अर्यालले बताए ।
Facebook Comment