मध्यविन्दुमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

NAWALPUR TIMES

मध्यविन्दुमा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु-८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहान १० बजे तिर नारायणघाटबाट बुटवलतर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुहरु मध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । बस सडकबाट करिव १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरु सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology