दुम्किबास जंगलबाट १० क्युन्टलभन्दा बढी जंगली बँदेल र दुम्सीको मासु बरामद, चालक फरार

दुम्किबास जंगलबाट १० क्युन्टलभन्दा बढी जंगली बँदेल र दुम्सीको मासु बरामद, चालक फरार

नवलपुर,७ पाैष
नवलपुरको दुम्कीबास क्षेत्रबाट डिभिजन वन कार्यालय नवलपुरले ठूलो परिमाणमा अवैध जंगली जनावरको मासु बरामद गरेको छ। त्रिबेणीबाट काठमाडौं लैजाँदै गरिएको अवस्थामा बागमती प्रदेश ०१–०२३ च ४३५४ नम्बरको एसी जडित पिकअप भ्यानबाट जंगली बँदेल र दुम्सीको मासु बरामद गरिएको हो।

Messenger creation 93ADA22D B4D2 40FE 8A4A C5D1634082FA

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शुभास अधिकारीका अनुसार दुम्कीबास जंगलमा गाडी छाडेर चालक फरार भएका छन्। बरामद मासुमा जंगली बँदेल जस्तो देखिने १ हजार ६१ केजी, जंगली दुम्सी जस्तो देखिने २२ केजी र १० केजी माछा रहेको उनले जानकारी दिए।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बिण्णु प्रसाद अधिकारीले बरामद गरिएको मासु वैज्ञानिक परीक्षणका लागि विज्ञान प्रयोगशालामा पठाइएको बताए। परीक्षणबाट मासुको यकिन पहिचान भएपछि मात्रै वन तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने उनले स्पष्ट पारे।
बरामद गरीएकाे सवारी साधन एस एस मिट सप्लायर प्रालिकाे नाममा रहेकाे कार्यलयले जनएकाे छ
वन कार्यालयले फरार चालकको खोजी तथा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology