गोलभेंडा खेतीमा छापो व्यवस्थापन

आर्जु कटुवाल
प्रकाशित : २०८२ असार १० गते १६:१६
गोलभेंडा खेतीमा छापो व्यवस्थापन

परिचय : गोलभेंडा संसारका सबै देशका मानिसहरुले सेवन गर्ने एक महत्वपूर्ण तरकारी हो। यो सोलानेसी (Solanaceae) कुलमा पर्दछ।नेपालमा मुख्यतस् ताजा तरकारी, सलाद र अचारमा प्रयोग हुने गोलभेंडाको खेती हुने गरेको छ। गोलभेंडा सेवन स्वास्थको लागि लाभदायक मानिन्छ। गोलभेंडा बिटा(क्यारोटिनको अत्यन्त राम्रो स्रोत हो। यसमा प्रशस्त मात्रामा भिटामिन सि र लाइकोपिन पाइन्छ, साथै यसमा भिटामिन बि, ई एवंम् क्यालसियम र फोस्फोरस जस्ता तत्वहरू पनि प्रचुर मात्रामा पाइन्छन्। प्रशस्त पोषक तत्व र स्वास्थ्यवर्द्दक रसायनहरु पाइने भएकाले गोलभेंडालाई गरिबको स्याउ पनि भन्ने गरिन्छ। क्षेत्रफल र उत्पादनको हिसाबले नेपालमा खेती गरिने तरकारी बालीहरुमध्ये गोलभेंडाले चौथो स्थान ओगटेको छ। आ.व. २०७९/८० मा नवलपरासी पुर्वमा कुल ९५ हेक्टर जमिनमा गोलभेंडाको खेती गरिएको थियो, जसबाट जम्मा १५४९ मेट्रिक टन उत्पादन भएको थियो। यस अनुसार औसत उत्पादकत्व १६.३१ मेट्रिक टन प्रति हेक्टर रहेको छ, जुन राष्ट्रिय औसतसंग तुलना गर्दा सन्तोषजनक मान्न सकिन्छ। यस लेखमा मैले हालसालै कावासोती-८,नवलपरासी पूर्वमा सम्पादन गरेको अनुसन्धानात्मक कार्यको नतिजा अनुसार गोलभेंडा खेतीमा प्रयोग हुने विभिन्न छापो सामग्रीहरुले गोलभेंडा खेतीमा पारेको प्रभावको जानकारी प्रस्तुत गरेकी छु ।

छापो :  छापो भनेको बिरुवा वरिपरी माटो छोप्ने प्रक्रिया हो। यो प्रक्रिया अन्तर्गत माटोमा प्लास्टिकको पन्नी वा जैविक सामग्री (जस्तै पराल, पात, घाँस) फैलाइन्छ जसले माटोको सतहलाई ढाक्छ। गोलभेंडा खेतीमा विभिन्न प्रकारहरुका छापोको प्रयोग गरिन्छ, जस्तै
जैविक छापो ( Organic Mulch) : जैविक छापोमा पराल, घाँस, सुख्खा पात, काठको टुक्रा वा छाला आदी पर्दछन्। यी छापोले माटोको उर्बरा शक्ति पनि बढाउछन् ।

111111111111
तोरीको भुसाको छापो

2222222

धानको परालको छापो

प्लास्टिक छापो (Inorganic Mulch):  यसमा कालो, सेतो वा चाँदी रंगको प्लास्टिक फिलिम प्रयोग हुन्छन् । कालो प्लास्टिकले घामलाई अबरुद्द गरेर झारपात रोक्छ र माटो तताउछ । सेतो र चाँदी रंगले गर्मि कम गर्छ । प्लास्टिक छापो लामो समय टिक्छ र धेरै व्यवसायिक खेतीमा प्रयोग हुन्छ ।

33333
कालो प्लास्टिकको छापो

44444
सिल्भर प्लास्टिकको छापो

गोलभेंडा खेतीमा छापोको महत्व र फाइदाहरु
● छापोले माटोबाट पानीको वाष्पीकरण कम गर्छ र माटो चिसो राख्छ जसले गर्दा पानीको बचत हुन्छ र सिंचाईको आवश्यकता घटाउछ ।
● छापोले माटोमा प्रकाश पुग्न रोक्छ जसले गर्दा झारपात नियन्त्रण हुन्छ र गोलभेंडाले पोषण राम्रो संग पाउछ ।
● गर्मीमा छापोले माटोलाइ चिसो राख्छ, जाडोमा तातो र यसले बिरुवाको वृद्धि र गोलभेंडाको गुणस्तर सुधार गर्छ ।
● छापोले गोलभेंडाका फलमा माटोको प्रत्यक्ष सम्पर्क हुनबाट रोक्छ, जसले फल सड्न र ढुसीजन्य रोग लाग्न कम गर्छ । प्लास्टिक छापोले केहि कीराहरु व्यवस्थापन गर्न मद्धत गर्छ ।

मैले के सिकें ?
यस अनुसन्धानबाट यो कुरा प्रष्ट भयो कि गोलभेंडा उत्पादनमा छापो व्यवस्थापन आवश्यक र प्रभावकारी उपाय हो । प्लास्टिक र जैविक छापो दुवै उपयोगी हुन्छ । सिल्भर प्लास्टिकले सबैभन्दा राम्रो नतिजा दिएको देखियो – विशेष गरी झार नियन्त्रण र चाँडो फल लाग्ने हिसाबले। तर धानको परालले वातावरणमैत्री र माटो सुधार गर्ने फाइदा दिएकोले लामो अवधिका लागि उत्कृष्ट विकल्प हुनसक्छ।

अन्तमा, यदि बढी र छिटो उत्पादन चाहिएको हो भने सिल्भर वा कालो प्लास्टिक प्रयोग गर्न सकिन्छ। तर, यदि माटोको दीर्घकालीन सुधार र वातावरण संरक्षण महत्वपूर्ण लाग्छ भने कुहिने प्रकारको छापो उत्तम विकल्प हुनसक्छ।

आर्जु कटुवाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कावासोती नवलपरासी (ब.सु.पुर्व.)मा कृषि स्नातक इन्टर्नको रुपमा कार्यरत हुनुहन्छ।

 

 

 

 

प्रकाशित : २०८२ असार १० गते १६:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI