मध्यविन्दु प्रादेशिक अस्पताललाई सय शैयामा स्तरोन्नति गरिदै

NAWALPUR TIMES
प्रकाशित : २०८२ वैशाख ९ गते १०:०९
मध्यविन्दु प्रादेशिक अस्पताललाई सय शैयामा स्तरोन्नति गरिदै

कावासोती । गण्डकी प्रदेशको मन्त्री परिषदको बैठकले नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई स्तर उन्नति गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमती दिएको छ ।

सोमबार बसेको गण्डकी प्रदेश मन्त्री परिषदको बैठकले नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताल, बाग्लुङको धौलागिरी प्रादेशिक अस्पताललाई १०० शैय्या, मुस्ताङ प्रादेशिक अस्पताललाई २५ र अरु प्रादेशिक अस्पतालहरुलाई ५० शैय्यामा स्तरोन्नति गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सैद्धान्तिक सहमति दिएको गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण पाठकले जानकारी दिए ।

गत फागुन २८ गते मध्यविन्दु प्रादेशिक अस्पतालको निर्मित भवन उदघाटन तथा अस्पतालको छैटौं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मध्यविन्दु प्रादेशिक अस्पताललाई चालू आव मै स्तरोन्नति गरेर १०० शैय्याको बनाउने घोषणा गरेका थिए ।

मुख्यमन्त्रीले गरेको प्रतिबद्धता अनुसार अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने प्रक्रिया सुरु भएको मध्यविन्दु प्रादेशिक अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

प्रकाशित : २०८२ वैशाख ९ गते १०:०९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI