मध्यविन्दु अस्पतालमा बौद्धिक अपांगता तथा अटिज्मको उपचार सुरु गरिने

NAWALPUR TIMES

मध्यविन्दु अस्पतालमा बौद्धिक अपांगता तथा अटिज्मको उपचार सुरु गरिने

कावासोती । मध्यविन्दु प्रादेशिक अस्पतालमा बौद्धिक अपांगता तथा अटिज्म भएका बालबालिकाहरुका लागी आगामी आर्थिक वर्षबाट उपचार सुरु गरिने भएको छ ।

गण्डकी प्रदेशका अर्थ मन्त्री डा.टकराज गुरुङले आईतबार प्रदेश सभामा प्रदेश प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष देखि बौद्धिक अपांगता तथा अटिज्म भएका बालबालिकाहरुको उपचारको लागी आगामी आर्थिक वर्षबाट उपचार सुरु गरिने उल्लेख गरिएको छ ।

बजेटमा उल्लेख गरिए अनुसार बौद्धिक अपांगता तथा अटिज्म भएका बालबालिकाहरुका लागी आगामी आर्थिक वर्षबाट उपचार सुरु गर्न २० लाख विनियोजन गरिएको छ ।

यसै गरि प्रदेश भित्रका मध्यविन्दु, धौलागिरी, तनहुँ, स्याङ्जा र बुर्तिबाङ अस्पतालमा ईमर्जेन्सी ट्रमा केयर युनिट स्थापना गर्नका लागि समेत ७६ लाख विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology