सिद्धबाबामा पहिरो, बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES

सिद्धबाबामा पहिरो, बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

कावासोती । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तीनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको बताइएको छ ।

डोजरले पहिरो हटाउन जोखिमपूर्ण रहेको र ठूला चट्टानहरू खसिरहेकाले जान नमानेकाले कतिबेला सडक खुल्ने यकिन नभएको प्रहरीले जनाएको छ । सोही क्षेत्रमा सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो ।

यस क्षेत्रमा वर्षाको समयमा लामो समयदेखि पहिरो जाने तथा दुर्घटना बढेसँगै सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ । सुरुङको ब्रेक थ्रु भइसकेको छ भने लाइनिङको काम भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology