कावासोती-४ का भूमिहीन दलित र सुकुम्बासी परिवारका २५ जनालाई लालपुर्जा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २९ गते १९:२८
कावासोती-४ का भूमिहीन दलित र सुकुम्बासी परिवारका २५ जनालाई लालपुर्जा वितरण

कावासोती । कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।

कावासोती नगरपालिका –४ का भूमिहीन दलित र सुकुम्बासी परिवारका २५ जनालाई लालपुर्जा वितरण गरिएको हो । भूमि समस्या समाधान आयोगले कावासोती नगरपालिका सँग समन्वय गरेर पूर्वा वितरण गरेको आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले बताए ।

कावासोती नगरपालिकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरेर ५ हजार ५ सय ९६ जनाले फारम भरेको र क्रमिकरूपमा नियम अनुसार सबैलाई जग्गाधनी पुर्जा वितरण गर्ने कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताए ।

वर्षौंदेखि जोतभोग र बसोबास गर्दै आएको जग्गाको लालपुर्जा हातमा परेपछि ढुक्क भएको कावासोती-४ की कलबहादुर परियारले बताए । पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चेबाजा बजाएर खुसी मनाएका थिए । पुर्जा वितरण कार्यक्रममा पूर्वसंघीय सांसद तिलक महत, गण्डकी प्रदेशका पूर्वसांसद विष्णु लामिछानेलगायत राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरेर करिब ३५ हजारले जग्गा धनी पुर्जाका लागि फारम भरेका छन् ।

प्रकाशित : २०८२ जेठ २९ गते १९:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI