कुम्भ मेलामा भागदौड हुँदा दर्जनौँको मृत्यु भएको आशंका

NAWALPUR TIMES

कुम्भ मेलामा भागदौड हुँदा दर्जनौँको मृत्यु भएको आशंका
कुम्भमेला प्रयागराज

कावासोती । विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा भागदौड हुँदा कयौँको ज्यान गएको आशङ्का गरिएको छ ।

अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार बुधवार भागदौड भएको हो प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।

भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।

बेलायती विश्व च्यानल बीबीसीले पनि कयौँको हताहती भएको आशङ्का भएको भन्दै नदी किनारमा जुत्ता चप्पल, लुगा कपडा जथाभाबी छरिएको पाइएको उल्लेख गरेको छ ।

१० करोडले सहभागिता जनाउने बताइएको महाकुम्भ मेलालाई एआईबाट सुरक्षा मिलाएर भागदौड रोकिएको समाचारहरू आएको केहि दिनपछि नै भागदौडबाट हताहतीको खबर सार्वजनिक भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology