काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नवलपुरका कार्की र पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित

काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नवलपुरका कार्की र पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नवलपुरका दुई जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

गगनकुमार थापाको नेतृत्वमा निर्वाचित भएको नयाँ केन्द्रीय समितिमा नवलपुरका निवर्तमान सांसद विष्णु कुमार कार्की र विष्णुदेवी पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

कार्की सात जना रहने खुला खस–आर्य कोटाबाट तथा पाण्डे गण्डकी प्रदेशअन्तर्गत महिला कोटाबाट सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।
यसअघि सम्पन्न १४औँ महाधिवेशनमा कार्की देउवा समूहबाट र पाण्डे शेखर समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका थिए।

कार्की नवलपुर काङ्ग्रेसको सङ्गठनमा पकड भएका नेता मानिन्छन भने पाण्डे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानको अभियन्ता हुन ।

नवलपुरबाटै प्रतिनिधित्व गर्ने लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओम थापा जनजाति कोटाबाट सह–महामन्त्री पदका लागि चर्चामा थिए।

तर जुनसुकै तहमा नेतृत्वमा रहेकालाई सोही पदमा कायम राख्ने गगन थापा र विश्वप्रकाश शर्माको नीतिका कारण उनी केन्द्रीय कार्यसमितिमा आउनबाट रोकिएको बताइएको छ।

विशेष महाधिवेशनमा नवलपुरका सात जना नेताले केन्द्रीय कार्यसमिति सदस्यका लागि मनोनयन दर्ता गराएको भए पनि सहमतिमा नै सर्वसम्मत केन्द्रिय कार्य समिती चयन गरिएको नवलपुरका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology