कावासोती । कावासोती नगरपालिकाले गत वर्ष बिद्यालय मर्ज र मर्मतकालागि भनेर बिनियोजन गरेको २६ लाख रकम नदिएको सरोकारवालाको आरोप छ ।
कावासोती स्थित शान्ति निकुन्ज माध्यमिक बिद्यालयका प्रधानाध्यपक हरि न्यौपानेले गत आर्थिक वर्षमा बिद्यालय मर्ज, मर्मत भनेर बिनियोजन गरेको रकम नदिएर प्रमुख प्रशासकिय अधिकृत र मेयरले मनपरि गरेको आरोप लगाए । बिनियोजित रकम अनुसारको शिर्षक मध्ये बिद्यालय मर्जमा जान कोहि इच्छुक नभएपछि नगरपालिकाले बजेट बिनियोजन गर्दाखेरी नै राखेको मर्मत सम्हारमा प्रकृया पुरा गरेर रकम माग गर्दा समेत नगरपालिकाले नदिएको आरोप न्यौपानेको छ ।
जेठ १५ गते सम्म कुनै बिद्यालय मर्जमा जान आसय राखेर प्रस्ताव नगएपछि नगरपालिकाको शिक्षा शाखाले मर्मतकालागि भनेर प्रस्ताब माग गरेको थियो ।
माग अनुसार जिल्लाका २० वटा बिद्यालयले प्रकृया पुरा गरेर प्रस्तावना पत्र बुझाएदा समेत प्रमुख प्रशाशकिय अधिकृत लिलाधर पौडेलले रकम नदिएर मनपरि गरेको आरोप न्यौपानेको छ ।
२० बिद्यालय मध्ये १२ वटा बिद्यालयका प्रधानाध्यापकले भेटर कुरा राख्दा र ज्ञावनपत्र बुझाउदा समेत रकम नदिएको आरोप छ ।
नगरपालिकाको कार्यबिधि अनुसार भौतिक पुर्वाधार उपसमितिले बजेट बांडफांड गरि कार्यपालिकाको बैठकमा पेश गर्दा समेत अनेक बहानावाजी गरेर प्रमुख प्रशासकिय अधिकृत र मेयर बिष्णु भुसालले रकम नदिएको न्यौपानेको भनाई छ ।
बिनियोजित रकम नदिएपछि बिद्यालयका प्रधानाध्यापकहरुको प्रतिनिधि मण्डलले के कति कारणले रकम नदिइएको हो भनेर मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउदा र ज्ञापनपत्र बुझाउदा समेत रकम नदिएको आरोप प्रधानाध्यापकहरुको छ ।
“मेयर र अधिकृतको घरवाट ल्याएको पैसा हो र बिद्यालयलाई नदिने”, प्रअ न्यौपानेले भने । उनले बिनियोजित रकम नदिने र रोक्ने अधिकार उनिहरुलाइ कस्ले दियो भन्दै प्रश्न उठाएका छन । न्यौपानेले मंगलवार संजालमा आफनो सामाजिक संजालमा लेखेर यी कुराहरुमा असन्तुष्टि जनाएका छन ।
प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले कार्यपालिकाको बैठक जेठ २३ गते सकिएको र शान्ति निकुन्जका प्रधानाध्यक हरी न्यौपानेले जेठ २५ गते बेला घर्किसकेपछि पत्र बुझाएको टेलिफोनमा बताए । ढिलो बुझाएर धेरै कुरा गर्न मुनासिव नहुने पौडेलले तर्क गरे । “उहाहरुले बुझाएको भाषा शैली पनि कति निकृष्ट छ”, पौडेलले भने, “सरकारी बिद्यालयका प्रधानाध्यापकले लेख्ने भाषा त्यति निकृष्ट कसरी भयो ?, प्रधानाध्यपकले सरकारी कार्यालयमा पेश गरेको लिखित भाषा र शब्द छनौट त्यति निकृष्ट कसरी भयो”, पौडेलले भने, उहाहरुको डेलिगेशनको टोलीलाई मेयरसावले आफुपनि शिक्षक भएरै मेयर भएको हुदा भाषा सुधार्न सचेत पारेको टेलिफोनमा सुनाए ।
प्रकाशित : २०८२ जेठ २८ गते २१:४५
Facebook Comment