अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली

NAWALPUR TIMES

अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली

कावासोती । अमामेरिकाको भर्जिनियास्थित मनाससमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ ।  बालबालिकाको परिचय प्रहरी सार्वजनिक गरेको छैन ।

घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए ।

चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ।

प्रहरीले उक्त मृत्युलाई हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ।

उनीहरू चारै जना नेपाली हुन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology