कावासोती । शुक्रबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार मध्यविन्दु नगरपालिकाको समग्र नतिजा प्रतिशत रहेको छ ।
समग्र नतिजा ५४.६६ प्रतिशत रहेको भए पनि सामुदायिक र संस्थागत विद्यालय तर्फको नतिजामा दोब्बर फरक परेको हो । प्रकाशित नतिजा अनुसार १३ वटा सामुदायिक विद्यालयले ४३.८६ प्रतिशत उतिर्ण गराउदा संस्थागत विद्यालयको नतिजा ८८.७३ प्रतिशत रहेको हो ।
मध्यविन्दु नगरपालिकाबाट गत शैक्षिकसत्रको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा १३ सामुदायिक विद्यालयका ६४३ विद्यार्थी सहभागी भएकामा २८२ विद्यार्थी उतिर्ण भएका हुन भने ९ वटा संस्थागत विद्यालयका २०४ विद्यार्थी मध्ये १८१ जना विद्यार्थी उतिर्ण भएका हुन ।
नगरकै नवजागरण माध्यमिक विद्यालय चोरमाराकै एक जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएकी छिन । हिजो प्रकाशीत नतिजा अनुसार नवजागरणकी अनुस्का बस्यालले ४ जिपिए ल्याउन सफल भएकी हुन ।
सामुदायिक विद्यालय तर्फ नवजागरण माध्यमिक विद्यालय चोरमाराले ८२.०३ प्रतिशत, जनता माध्यमिक विद्यालय ईटौराले ७७.२७ प्रतिशत, नेपाल लोकसेवा माध्यमिक विद्यालय बसन्तपुरले ७३.३३ प्रतिशत,जनता सिद्ध अमर माध्यमिक विद्यालय लुसलहरीले ६६.६७ प्रतिशत र जनता माध्यमिक विद्यालय हर्दियाको ५१.६१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका हुन भने अन्य सामुदायिक विद्यालयको उतिर्ण प्रतिशत ४० प्रतिशत भन्दा कम रहेको छ ।
त्यसै गरि नगरभित्रका ९ वटा संस्थागत विद्यालय मध्ये शान्तिदिप ईङ्ग्लिस बोर्डिङ स्कुलको नतिजा शत प्रतिशत रहेको छ । त्यसै गरि लिटिल स्टेप एकेडेमी ९७.३, भ्युराहन स्मल ह्यावेन ईङ्ग्लिस स्कुलले ९२.८ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराएको हो।
प्रकाशित : २०८२ असार १४ गते १३:१९
Facebook Comment