पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

NAWALPUR TIMES

पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ
received 623728123512648

कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ ।

पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे एच ओ  २ यु ७०६० नंको भारतिय ट्रकलाई चेक जाँच गर्ने क्रममा ट्रकमा लुकाएर राखिएको अवस्थामामा २० वटा प्याकेटमा २ सय ५६ किलो ग्राम गाँजा फेला पारेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विनोद कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरीले ट्रक चालक भारतिय नागरिक पुस्कल यादव सहित ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology